संविधानका पिता पूर्व प्रधानमन्त्री
श्रद्धेय सुशील कोइराला को ८ औं स्मृति दिवसको सन्दर्भमा
“संविधानको
कार्यान्वयन र आजको राजनीति”
विचार गोष्ठी
रुद्राक्ष
माला सहित अतिथि स्वागत
नागेश कोइराला
सुशील कोइराला मा भाव पूर्ण श्रद्धाञ्जली अर्पण
गर्ने कार्यक्रम मा आज संविधान लागू गर्ने
राष्ट्रपति डा. राम वरण यादव को उपस्थिति संयोग जुरेको छ । नयाँ नेपालको परिकल्पना को आधार को
यो संविधान पाइयो तर संविधान
कार्यान्वयनमा भने यो सरकार चुकि रहेको जनताले महसुस गरेका छन्।
मृदुला
कोइराला
सरल, त्यागी सुशील कोइराला प्रभावशाली नेता हुनुहुन्थ्यो जसमा
सबैलाई एकठाउँमा ल्याएर काम गराउन सक्ने क्षमता थियो। त्यसको राम्रो उदाहरण संविधान
बनाउँदा वहाँले खेल्नु भएको सार्थक भूमिका पनि हो। धेरै प्रयासपछि वहाँ संविधान जारी गर्न सफल हुनु भयो।
वहाँको योगदानलाई जीवन्त राख्न सुशील कोइराला फाउण्डेसनको
सृजना गरिएको हो। फाउण्डेसनको तर्फबाट विराटनगरमा सुशील कोइरालाको स्मृति भवन निर्माण काम भै रहेको छ।
केही समयपछि आफ्नै भवनमा विभिन्न कार्यक्रमहरू गर्न सो
भवन उपलब्ध हुनेमा हामी विश्वस्त छौं।
कृष्ण
हाछेत्थु
लामो समय सम्म संगत हुन पाएको त होइन तर अनुसन्धानको
सिलसिलामा भेट हुन थालेको थियो। सुशील कोइराला सँगको भेटपछि वहाँको स्वच्छ मन,
साधारण रहनसहनमा बिताउने, देशको भलो हुने काममा सधै अडान राख्ने व्यक्तित्व भएको
मान्छे सँग भेट भएको अनुभव भयो। वहाँ लाई कानुनी शासन को लागि कहिल्यै अडान
नछाड्ने ब्यतित्व पाएँ।
समाज
परिवर्तनशील छ, त्यसैले संविधान पनि समय अनुसार परिवर्तन हुन सक्छ। सम्वैधानिक राज संस्था कि पूर्ण गणतन्त्र, संघियता
मा कस्तो संघियता, पहिचान
सहितको वा भूगोलमा आधारित यस्ता कुराहरू मा पनि संविधान
संशोधन गर्न सकिन्छ, तर संविधान जारी हुनु पर्छ भन्ने अडान लिने व्यक्ति हुनु
हुन्थ्यो सुशील कोइराला। संविधानमा कमजोरी भएको कुरा संविधान जारी भएको ८ दिनमै संशोधनको
प्रस्ताव आउनु ले बताउँछ। संविधान आयो। साथै यसमा समस्याहरू पनि देखा परे।
हो, त्यसैले जन चाहना अनुसार संविधानलाई
गतिशील भने बनाउनु पर्छ।
रोमी
गौचन
मुस्ताङका राजा र नेपालका राजा वाट पनि भोगाइ
खाएको पहाडे हिरो रोमी गौचन थकालीलाई कसै सँग गुनासो छैन। नेता त्यो हो जसले भविष्यको चिन्ता
गर्छ। देशको लागी के ठीक हुन्छ भन्ने कुरो सुशील दाइबाट सिक्नु पर्छ र सुशील दाइको
विरासत बोकेको संविधान बाट पनि अझ धेरै कुरो सिक्न सकिन्छ।
समाज परिवर्तन शील छ र संविधान पनि जनताले
चाहेमा परिवर्तित हुन सक्छ । तर संविधानको कार्यान्वयनमा बेइमानी गर्नु हुँदैन।
दिलेन्द्र
प्रसाद वडु
जनताको छोरो पनि राष्ट्रपति बन्न सक्छ
भन्ने कुरालाई यही संविधानले ल्याएको
हो। बीपी ले भन्नु भएको
थियो, संविधान जनताले चाहेको, जनताबाट बनेको हुनु पर्छ। नेपाल
को यो सातौं संविधान हो तर जनताबाट ल्याएको भने यो पहिलो संविधान हो।
यो संविधान बनाउँदा को समयमा यहाँको वातावरण
सजिलो थिएन। बहुल वाद राख्ने, नराख्ने विवाद थियो, जनताको भावना
अनुरूप छ कि छैन भन्ने विवाद थियो। यस्ता
अनेकौँ विवाद हुँदा हुँदै पनि संविधान जारी हुन सक्यो। यसमा सुशील कोइरालाको
अठोटले ठूलो काम गरेको थियो। तर आज व्यवस्था बदलिए
पनि अवस्था बदलिएको छैन भन्ने जनताबाट आवाज आइ रहेछ।
नेपाली काँग्रेसले जनताको चाहना अनुसार जनताको अवस्था बदलिने कामको लागि अगाडि बढ्नु
पर्छ। यो हाम्रो नै
जिम्मेवारीको कुरो हो। संविधानलाई स्थायित्व दिन हामी नै लागि पर्नु पर्छ। संविधान
साधन हो साध्य होइन। समय ले चाहे अनुसार समाधान खोज्नु हाम्रो कर्तव्य हो।
दमन नाथ
ढुङ्गाना
यो संविधान काँग्रेस पनि लागेर एउटा मेल मिलापमा बनाइएको हो र समय सापेक्ष हो। ४७ को संविधानमा
पनि राजालाई बस मा पार्न सक्ने केही सम्झौता थियो भने
यो संविधान पनि उग्रवादलाई बसमा मा ल्याउने सम्झौता
नै हो। जनताको चाहना अनुसार, संशोधन आवश्यकता पर्न सक्छ, सोही अनुसार संशोधन
पनि गर्नु पर्छ।
यो संविधान तीन पार्टीका नेताले बनाएका हुन, जन प्रतिनिधिले
होइन। तर यो संविधान लाई समय सापेक्ष बनाएर जनताको चाहना अनुसार काटछाँट गर्नु पर्ने हुन्छ। त्यो
भन्दा पनि बढि, अहिले यो संविधानको कार्यान्वयनमा दोष छ।
यस्तो अवस्थामा संविधान को चरित्र सुधार्न गाह्रो हुन सक्छ, तर मन्द-मन्द भएपनि जनताको चाहना
अनुसार संशोधन गर्नुपर्छ। जस्तै, समानुपातिक विचार राम्रो भएपनि जनताको चाहना
लत्याएर, नेताको चाहनामा अनुत्पादक बनाइएका केही दुःखद कुराहरू पनि देखिन थालेका
छन। अहिले जनतामा निराशा छाएको छ, सरकार
अनुशासनमा छैन। जनता पनि र सरकार पनि
संविधान को परिधिमा रहेर अनुशासन मा हिँड्नू पर्छ।
राम वरण
यादव
अब हामी बुढा भएका छौं। त्यसैले अब तपाइहरू अगाडी बढ्नु
पर्छ र देश लाई अगाडी बढाउनु पर्छ । यो संविधान जारी हुन
नसकेको भए, शान्ति प्रकृयामा खलबल हुन सक्थ्यो, गोलीको पहाड बर्षन सक्थ्यो, तर
सुशील कोइराला को दृढता र सुझबुझले हामी सबैलाई बचाउन सफल भयो। जनताले चाहेमा
संविधानका विभिन्न बुँदाहरू संशोधित हुन सक्छन्।
हो, देश अहिले लथालिङ्ग भएको छ
तर अव तपाइहरू अगाडि बढ्नु पर्छ र देशलाई
सुधार्नु पर्छ। शिक्षा, स्वास्थ्यलाई सुधारेर देशलाई विकासको बाटोमा डोर्याउनु
पर्छ। यो तपाइहरू कै काँधमा आइ परेको छ।
(बिचार गोष्ठीमा बिभिन्न वक्ताहरूले व्यक्त गर्नु भएका बिचारहरूको सार
प्रस्तुत गर्नु हुने मध्यस्थ कर्ताहरु
ओहायो युनिभर्सिटी अर्थशास्त्री
प्राध्यापक डा. गोविन्द कोइराला
कोलम्बिया युनिभर्सिटी शिक्षाशास्त्री
प्राध्यापक डा. तारा निरौला )