Home / About Us

Sushil Koirala Foundation

नेपालको लोकतान्त्रिक आन्दोलनमा एक शिखर पुरुष, निष्ठावान् राजनीतिज्ञ, नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको योगदानको उच्च कदर गर्दै वहाँको योगदानलाई चिरस्थायी बनाई राख्न र नयाँ नेपाल बनाउने वहाँको सपनालाई साकार तुल्याउने उद्देश्यले सुशील कोइराला फाउण्डेसन स्थापना गरी सामाजिक क्षेत्रमा विभिन्न गतिविधि भइ रहेको छ। साथै पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नेपालको प्रकृति संरक्षण, जैविक विविधता संरक्षण र समग्रमा वातावरण संरक्षणमा पनि उल्लेखनीय योगदान रहेकोले यस क्षेत्रमा पनि विभिन्न गतिविधि भइ रहने छन्।